ललितपुर महानगरमा आज सार्वजनिक बिदा

ललितपुर महानगरमा आज सार्वजनिक बिदा

शुक्रवार, बैशाख २६ २०८२
शुक्रवार, बैशाख २६ २०८२
  • ललितपुर महानगरमा आज सार्वजनिक बिदा

    काठमाडौं । ललितपुर महानगरपालिकाले आज स्थानीय बिदा दिएको छ । नेपालकै लामो र ऐतिहासिक रातो मच्छिन्द्रनाथको रथजात्राको रथ तान्ने क्रममा लगनखेलमा हुने नरिवल खसाल्ने शुभ मुहूर्तको अवसरमा आज शुक्रवार स्थानीय बिदा दिने निर्णय भएको महानगरले आज निकालेको सूचनामा उल्लेख छ ।

    नगरवासीको उल्लेख्य उपस्थिति र धार्मिक महत्त्वको दिन भएकाले ललितपुर महानगरपालिका नगर कार्यपालिकाको बैठकको निर्णयानुसार महानगर र मातहतका कार्यालयमा स्थानीय बिदा हुने गरी बिदा घोषणा गरिएको प्रमुख प्रशासकीय अधिकृत रेखा दास श्रेष्ठले निकालेको सूचनामा उल्लेख छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij