एमाले नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन, पशुपतिमा अन्त्येष्टि

एमाले नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन, पशुपतिमा अन्त्येष्टि

मंगलवार, बैशाख २३ २०८२
मंगलवार, बैशाख २३ २०८२
  • एमाले नेता एवम् पूर्वमन्त्री प्रदीप नेपालको निधन, पशुपतिमा अन्त्येष्टि

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन भएको छ । उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीपछि पशुपति आर्यघाटस्थित विद्युतीय शवदाह गृहमा आज अन्त्येष्टि गरिएको छ ।

    पार्किन्सन रोगबाट पीडित नेपालको आज काठमाडौंस्थित नर्भिक इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा ७१ वर्षको उमेरमा निधन भएको हो । उनी लामो समयदेखि बौद्धिक बामपन्थी नेताका रूपमा चिनिन्थे र पछिल्लो समय स्वास्थ्य अवस्था कमजोर हुँदै जाँदा राजनीतिक रूपमा निष्क्रिय भएका थिए ।

    वि.सं. २०१० पुस २८ गते भोजपुरको गोगने गाउँमा जन्मिएका नेपालले भूमिगत राजनीति गर्दै कम्युनिष्ट आन्दोलनमा सक्रिय भूमिका निभाएका थिए । भूमिगत कालमा प्रदीप नेपाल नामले चिनिएका उनकाे वास्तविक नाम सञ्जय थापा हाे । त्यही नामले चिनिने उनी साहित्यिक क्षेत्रमा पनि विशेष योगदान पुर्‍याउन सफल थिए ।

    २०५० को दशकमा एमालेभित्र निर्णायक र प्रभावशाली नेताका रूपमा उदाएका नेपालले सूचना तथा सञ्चार, जलस्रोत, शिक्षा लगायतका मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । उनी २०५६ सालमा काठमाडौं क्षेत्र नं. १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए भने त्यसअघि राष्ट्रिय सभा सदस्य समेत रहेका थिए ।

    नेपालले एमालेको प्रचार तथा प्रकाशन विभाग प्रमुख र पार्टी प्रवक्ताका रूपमा समेत योगदान दिएका थिए । नवयुग, दृष्टि, छलफल, प्रकाशजस्ता साप्ताहिक पत्रिकामा सम्पादक रहेका नेपाल पत्रकारिता, कविता, उपन्यास र समसामयिक लेखनमा सक्रिय रहेका थिए । उनले नेपाली साहित्यमा आफ्नो अलग पहिचान बनाएका छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij