औद्योगिक शान्ति नेपालको उदाहरणीय काम, क्यान्सर पीडितलाई एक लाख सहयोग

औद्योगिक शान्ति नेपालको उदाहरणीय काम, क्यान्सर पीडितलाई एक लाख सहयोग

सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • औद्योगिक शान्ति नेपालको उदाहरणीय काम, क्यान्सर पीडितलाई एक लाख सहयोग

    भक्तपुर । औद्योगिक शान्ति नेपाल संस्थाले एक क्यान्सर पीडित महिलालाई एक लाख रूपैयाँ आर्थिक सहयोग गरेकाे छ । संस्थाका अध्यक्ष सन्दिप महतका अनुसार, क्यान्सर राेगी रोल्पाको नुवागाउँ त्रिवेणी गाउँपालिका- ३ कि ५३ वर्षीया धनकली बुढा मगरकाे उपचार लागि एक लाख रूपैयाँ सहयोग गरिएको हाे । 

    सुरुमा पाठेघरको मुखमा क्यान्सर देखिएकी बुढा मगरकाे पछिल्लो समय शरिरका अन्य भनगमा समेत क्यान्सर फैलिएको छ ।  तीन बर्षदेखि विभिन्न अस्पतालमा क्यान्सरको उपचार गराउदै आएपनि आर्थिक अभावका कारण उपचारमा समस्या भएको जानकारी पाएपछि आफुहरुले एक लाख रूपैयाँ सहयाेग गरेको अध्यक्ष महतले बताए । अध्यक्ष महतका अनुसार, नेपालका विभिन्न स्थानमा मेला महोत्सव आयोजना गर्दै आएको औद्योगिक शान्ति नेपाल संस्थाले यसअघिपनि विभिन्न राेगबाट उपचार गराई राखेका राेगीलाई आर्थिक सहयोग गर्दै आएको छ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij