सात डीआईजीको सरुवा, कुन प्रदेशमा काे-काे ?

सात डीआईजीको सरुवा, कुन प्रदेशमा काे-काे ?

सोमवार, बैशाख २२ २०८२
सोमवार, बैशाख २२ २०८२
  • सात डीआईजीको सरुवा, कुन प्रदेशमा काे-काे ?

    काठमाडौ । नेपाल प्रहरीका ७ जना डीआईजीको सरुवा भएको छ  । गृहमन्त्री स्तरीय निर्णयका आधारमा आइतबार  प्रहरी प्रधान कार्यालयले सात डिआइजीको सरुवा गरेकाे हो । 

    जसअनुसार डीआईजी ईश्वर कार्कीको कोशी प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । यस्तै उमा प्रसाद चर्तुर्बेदीको मधेस प्रदेश प्रहरी कार्यालय, अरुण पौडेलको बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा भएको छ । 

    त्यसैगरी दिनेश कुमार आचार्य गण्डकी प्रदेश प्रहरी कार्यालय, राजेन्द्र प्रसाद भट्टको लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा सरूवा भएको छ । त्यस्तै डम्बर बहादुर बिकको सुदूर पश्चिम प्रहरी कार्यालय र गोबिन्द थपलियाको केन्द्रीय अनुसन्धान ब्युरोमा सरुवा भएको प्रहरी मुख्यालयकाे सूचनामा उल्लेख छ ।   

    यधपी एक महिनादेखि प्रमुख बिहिन भएकाे कर्णाली प्रदेशमा भने याे सरूवामा पनि  डिआइजी पठाइएको छैन ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij