ललितपुर । त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पसमध्ये पाटन संयुक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी सङ्घका रोहित कपाली निर्वाचित भएका छन् ।
कुल ७,४९४ मतदाता रहेकाे पाटन क्याम्पसमा प्रमुख विद्यार्थी संगठनहरु गठबन्धन नगरी एक्लाएक्लै प्रतिस्पर्धामा थिए । अघिल्लो निर्वाचनमा सभापति स्वतन्त्रले जित्दा अन्य पदमा अनेरास्ववियुले जितेको थियो ।