काठमाडौं । जबरजस्ती करणी अभियोगमा इन्टरपोल रेड नोटिस जारी भइ फरार रहेका दोलखा जिल्ला, गौरीशंकर गाउँपालिकाका रबिन तामाङ (उर्फ बागसिङ) बिहीवार पक्राउ परेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै साउदी अरबबाट नेपाल आउँदै गर्दा उनलाई एनसीबी (नेशनल सेन्ट्रल ब्यूरो) काठमाडौंबाट खटिएको प्रहरी टोलीले विमानस्थलमै पक्राउ गरेको हो ।
दोलखा जिल्ला प्रहरी कार्यालयको अनुरोधमा एनसीबी काठमाडौंले इन्टरपोल महासचिवालयसँग समन्वय गरेर सन् २०२३ अगस्ट २१ मा रबिन तामाङविरुद्ध रेड नोटिस जारी गरिएको थियो । उनी सो मुद्दामा फरार रहँदै आएका थिए ।
पक्राउ परेपछि उनलाई थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाउनका लागि प्रहरी वृत्त गौशाला पठाइएको नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत इन्टरपोल शाखाले जनाएको छ ।