नाउपाका संरक्षक रेशम चौधरी रिहा, अनधिकृत पत्र लेख्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ

नाउपाका संरक्षक रेशम चौधरी रिहा, अनधिकृत पत्र लेख्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ

बुधवार, बैशाख १७ २०८२
बुधवार, बैशाख १७ २०८२
  • नाउपाका संरक्षक रेशम चौधरी रिहा, अनधिकृत पत्र लेख्ने सर्वोच्चका अधिकृत विष्ट पक्राउ

    काठमाडौं । आज दिउँसो प्रज्ञा प्रतिष्ठान भवनमा जनमत पार्टीसँगको एकीकरण घोषणाको तयारी भइरहँदा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेमश चौधरी रिहा भएका छन् । चौधरीलाई पक्राउ गर्न प्रहरीले प्रयोग गरेको सर्वोच्च अदालतको भनिएको पत्र नै अनधिकृत रहेको पाइएपछि चौधरी आजै रिहा भएका हुन् । 

    बिहान सर्वोच्च अदालतले चौधरीलाई थुनामा पठाउन पत्र काटेको भन्दै प्रहरीले दिउँसो पक्राउ गरी चौधरीलाई डिल्लीबजार कारागारमा पठाएको थियो ।

    तर सर्वोच्च अदालतमा यो विषयमा तत्काल कुनै पनि न्यायाधीशबाट आदेश नभई कसरी पत्र गयो भनेर हल्लाखल्ला भयो । सर्वोच्च अदालतले अनधिकृत पत्र गएको निष्कर्षसहित पत्र पठाउने सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीको जिम्मा लगाइदियो ।

    सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले विज्ञप्ति निकालेर सर्वोच्चका कर्मचारीबाट अनधिकृत पत्र लेखेको जानकारी गराएका छन् । विज्ञप्तिमा अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाही प्रक्रिया शुरू भएको उल्लेख छ ।

    चौधरीलाई प्रहरीले पक्राउ गरेपछि जनमत र नागरिक उन्मुक्ति पार्टीको एकीकरण घोषणा कार्यक्रम स्थगित भएको छ । कमलादीमा रहेको प्रज्ञा भवनमा एकता घोषणाको तयारी भइरहँदा कार्यक्रम स्थलबाटै चौधरी पक्राउ परेपछि घोषणा स्थगित गरेको जनमत पार्टीले जनाएकाे छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij