६ जना एआईजी नियुक्त, सीआईबी प्रमुखमा खापुङ

६ जना एआईजी नियुक्त, सीआईबी प्रमुखमा खापुङ

मंगलवार, बैशाख १६ २०८२
मंगलवार, बैशाख १६ २०८२
  • ६ जना एआईजी नियुक्त, सीआईबी प्रमुखमा खापुङ

    काठमाडौं । नेपाल प्रहरीले ६ जना अतिरिक्त महानिरीक्षक (एआईजी) नियुक्त गरेको छ । बढुवा सिफारिस समितिको सिफारिसमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुलाई एआईजीमा बढुवा गरेको हो ।

    बढुवासँगै उनीहरूको कार्यस्थल पनि तोकिएको छ । नयाँ एआईजी चन्द्रकुबेर खापुङलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुख बनाइएको छ । सीआईबीका प्रमुख दीपक थापा प्रहरी महानिरीक्षक (आईजीपी) बनेपछि यो पद खाली भएको थियो ।

    अन्य नियुक्त एआईजीहरूमध्ये लालमणी आचार्य कार्यविभागमा, कृष्णहरी शर्मा पोखरेल प्रशासन विभागमा, दानबहादुर कार्की मानवस्रोत विकास विभागमा, राजन अधिकारी अपराध अनुसन्धान विभागमा र डा. मनोज कुमार केसी प्रदेश समन्वय विभागमा पदस्थापित भएका छन् ।

    null

    null

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij