काठमाडौं । सप्तरीको कञ्चनरूप नगरपालिका–१० बदगामामा यात्रुवाहक बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गाईघाटबाट विराटनगरतर्फ गुडिरहेको यात्रुवाहक बस अनियन्त्रित भई दुर्घटना हुँदा तीन जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
ज्यान गुमाउनेमध्ये सप्तकोशी नगरपालिका वडा नम्बर १ का ७५ वर्षीय रत्नबहादुर मगरातिको उपचारका क्रममा ज्यान गएको हो । घटनास्थलमै ज्यान गुमाएका एक पुरुष र एक महिलाको पहिचान खुलेको छैन ।