काठमाडौं । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित त्रिवेणी ताल पदमार्गमा काम गरिरहेका दुई मजदूरको चट्याङ लागेर मृत्यु भएको छ ।
मृतकहरू सङ्खुवासभाको सिलिचुङ गाउँपालिका–२ निवासी भरतकुमार राई र महेश राई रहेको पदमार्ग निर्माण समितिले जनाएकाे छ ।
उनीहरूलाई दिउँसोको समयमा चट्याङ लागेको हो ।
जिल्ला प्रहरी कार्यालय कास्कीले घटनाको जानकारी पाएपछि प्रहरी टोली घटनास्थल पठाएको जनाएको छ ।