काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ माइती नेपाल चोकस्थित सडकमा टिपर र स्कुटर एकआपसमा ठोक्किँदा स्कुटर चालकको ज्यान गएको छ ।
शनिबार राति ना.६ ख ५१०० नम्बरको टिपरले प्र.३–०२–००६ प ००९६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते भएका गोकर्णेश्वर नगरपालिका–४, तालिञ्चोक बसोबास गर्ने तथा सोलुखुम्बु माप्य दुधकोशी गाउँपालिका–७ घर भएका २३ वर्षीय पासाङ शेर्पालाई उपचारका लागि नेपाल मेडिकल कलेज, अत्तरखेल लगिएको थियो ।तर उपचारकै क्रममा राति उनको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनापछि टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाएको छ ।