काठमाडौं । नयाँ बानेश्वरमा आइतबार निषेधित क्षेत्र तोड्न खोज्दा प्रहरी र आन्दोलनरत शिक्षकबीच झडप भएको छ । शिक्षकहरूले ढुंगा हान्दा प्रहरीले पानीको फोहोरा प्रयोग गरेर भीड तितरवितर बनाएको हो ।
विद्यालय शिक्षा विधेयक, २०८१ पारित गराउन माग गर्दै नेपाल शिक्षक महासङ्घको नेतृत्वमा आन्दोलन भइरहेको छ । लामो आन्दोलनका कारण पठनपाठन, परीक्षा र नतिजा प्रभावित भएका छन् । आज आन्दोलनको २६औं दिन हो ।