कांग्रेसकी सांसद माया राईविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने

कांग्रेसकी सांसद माया राईविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने

आइतवार, बैशाख १४ २०८२
आइतवार, बैशाख १४ २०८२
  • कांग्रेसकी सांसद माया राईविरुद्ध म्याद थप गरेर अनुसन्धान हुने

    काठमाडौं । कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी प्रकरणमा पक्राउ परेकी नेपाली कांग्रेसकी सांसद माया राईलाई  म्याद थप गरेर अनुसन्धान अगाडि बढाइने भएको छ । शनिबार राति कपनस्थित आफ्नै निवासबाट पक्राउ परेकी राईलाई आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित गराई म्याद थपिने जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

    यसअघि सहकारी ठगीको मुद्दा अदालत गइसके पनि राईको नामबिनै मुद्दा दायर भएकाले अब म्याद थप गरेर पुरक अभियोजनमार्फत मुद्दा चलाइने भएको हो।

    स्वर्णलक्ष्मी सहकारीको सञ्चालक समितिमा सहसचिवका रूपमा कार्यरत रहेकी राईविरुद्ध सहकारी ठगी र संगठित अपराधको आरोपमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । प्रहरीले दुई महिना लामो अनुसन्धानपछि राईसहितका व्यक्तिहरूविरुद्ध मुद्दा सिफारिस गरे पनि सरकारी वकिल कार्यालयले उनलाई उन्मुक्ति दिएको थियो । 

    राईसहित पाँच जनालाई उन्मुक्ति दिइए पनि २१ पुसमा ३९ जनाविरुद्ध अदालतमा मुद्दा दायर गरिएको छ । उनीहरूलाई ६९० जना बचतकर्ताको जम्मा एक अर्ब १९ करोड ३० लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप लागेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij