कस्तो रहला आजको मौसम ?

कस्तो रहला आजको मौसम ?

शनिवार, बैशाख १३ २०८२
शनिवार, बैशाख १३ २०८२
  • कस्तो रहला आजको मौसम ?

    काठमाडौं । आज देशका विभिन्न भागमा मौसममा विविधता देखिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल नेपालमा मुख्य रूपमा स्थानीय वायुले असर गरिरहेको छ, जसका कारण अधिकांश स्थानमा अधिकतम र न्यूनतम तापक्रम वृद्धि भइरहेको छ । कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागहरूमा आंशिक बदली रहेको छ भने अन्य स्थानमा मौसम सामान्यतया सफा छ ।

    दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिकदेखि सामान्य बदली हुने र तीमध्ये केही स्थानहरूमा चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको छ । साथै, गण्डकी र कर्णालीका उच्च पहाडी तथा हिमाली भागमा एक-दुई स्थानमा हिमपातको सम्भावना पनि छ। रातिको मौसम पनि यस्तै रहने बताइएको छ ।

    तराईका भूभागहरूमा भने गर्मी बढ्ने क्रम जारी छ । विशेषगरी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिट वेभ) को सम्भावना रहेको छ। महाशाखाले त्यसबाट बच्न सतर्कता अपनाउन आग्रह गरेको छ ।

    यसैगरी, मधेश, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि आज अत्यधिक गर्मीको सम्भावना रहेको छ । केही दिनदेखि यी क्षेत्रका तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको र आज पनि यस्तै अवस्था रहने भएकाले विशेष सतर्कता अपनाउन महाशाखाले विशेष बुलेटिनमार्फत जानकारी दिएको छ ।

    यसबीच, भोलि बेलुकीदेखि प्रिमनसुनी प्रणाली सक्रिय हुने पूर्वानुमान गरिएको छ । मौसमविद्हरूका अनुसार भोलि र पर्सि देशको पूर्वी तथा मध्य भेगमा वर्षाको सम्भावना छ । पर्सि सोमबार पूर्वदेखि पश्चिम चितवन र लुम्बिनी क्षेत्रसम्म पानी पर्ने अनुमान छ भने सोमबार काठमाडौं उपत्यकामा समेत वर्षा हुने सम्भावना रहेको छ । यो वर्षाले बढ्दो तापक्रम कम गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij