काठमाडौं । रुकुम पूर्व केन्द्रविन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको छ । भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार साँझ ७:३४ बजे भूकम्प गएको हो ।
जानकारीअनुसार रुकुम पूर्वमा गएको भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा पनि अनुभूति गरिएको थियो।