श्रम भिषामा विदेश जानेले अब मानव अंग प्रत्यारोपण केन्द्रमा तालिम लिनुपर्ने

श्रम भिषामा विदेश जानेले अब मानव अंग प्रत्यारोपण केन्द्रमा तालिम लिनुपर्ने

बिहिवार, बैशाख ११ २०८२
बिहिवार, बैशाख ११ २०८२
  • श्रम भिषामा विदेश जानेले अब मानव अंग प्रत्यारोपण केन्द्रमा तालिम लिनुपर्ने

    भक्तपुर । श्रम भिषामा विदेश जाने नेपालीले अव भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्रमा तालिम लिनुपर्ने भएको छ । कामका लागि विदेश जाने नेपालीलाई आफ्नो अंग कसरी स्वस्थ र सुरक्षित राख्ने भन्ने जानकारीसहितको सचेतनाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले श्रम मन्त्रालयको समन्वयमा यस्तो तालिम अनिवार्य गर्न लागेको हो । 

    स्वास्थ्य मन्त्री प्रदीप पौडेलले बिहीबार भक्तपुरस्थित प्रत्यारोपण केन्द्रकाे १३ औ स्थापना दिवस कार्यक्रमलाई सम्बाेधन गर्दै साे जानकारी दिएका हुन ।`श्रम भिषामा विदेश जाने सबैलाई आफ्नो शरीर र आफ्नो अंग कसरी सुरक्षित राख्न सकिन्छ । श्रम भिषामा विदेश जाने सबैले त्यो तालिम अनिवार्य लिनु पर्ने ब्यवस्था हुँदैछ।´ मन्त्री पौडेलले भने । 

    विदेशमा चर्को घाममा १०/१२ घण्टासम्म काम गर्दा आफ्नो शरीरको ख्यालै नहुने अवस्था देखिने गरेको भन्दै उनले कसैले थाहा नै नपाइ शरीरमा रोगको प्रवेश हुने गरेकाले सो बारे जानकारी प्रत्यारोपण केन्द्रमार्फत दिइने मन्त्री पौडेलले जानकारी दिए । 

    यसैगरी विदेश गएर फर्किएकाहरुको मृगौला, कलेजो, मुटु लगायत केन्द्रबाट हुने सबै अंगको परीक्षण पनि नि:शुल्क रुपमा गर्न स्वास्थ्य मन्त्रालयले सुरुवात गरिसकेको मन्त्री पौडेलकाे भनाइ थियाे । सो कार्यकोसमेत मन्त्री पौडेलले बिहीबार प्रत्यारोपण केन्द्रबाट सुरुवातसमेत गरेका छन् । 

    अब शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा वैदेशिक रोजगारबाट फर्किएका नेपालीहरुको अंग परीक्षण निःशुल्क हुनेछ । त्यसका लागि केन्द्रको १३औँ स्थापना दिवसका अवसरमा छुट्टै ओपीडी सेवासमेत सुरु गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij