काठमाडाैंमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

काठमाडाैंमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • काठमाडाैंमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

    काठमाडौं । यहाँको तारकेश्वर नगरपालिका–५ मुड्खु चेकपोष्ट नजिकै मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । 

    बा ५७ प ६१६६ नंम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकलमा सवार तारकेश्वर नगरपालिका–३ मुड्खु बस्ने काठमाडौं सिनामङ्गल घर भएका २९ वर्षीय सुरज हुमागाईँको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    परिसरका प्रवक्ता प्रहरी उपरीक्षक अपिल बोहराका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका उनको ग्रिनसिटी अस्पताल बसुन्धारामा उपचारका क्रममा मृत्यु भएको हो ।

    साथै दुर्घटनामा घाइते मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij