कुलमान घिसिङलाई हटाएकोमा विरोध गरेका ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

कुलमान घिसिङलाई हटाएकोमा विरोध गरेका ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • कुलमान घिसिङलाई हटाएकोमा विरोध गरेका ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई पदबाट हटाएका छन् । बुधबार अपराह्न प्रधानमन्त्री ओलीले उनलाई बर्खास्त गरेका हुन् । तामाङले सरकारको निर्णयको खुलेर आलोचना गरेपछि उनलाई पदमुक्त गरिएको हो ।

    नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको हटाइप्रति असन्तुष्टि जनाउँदै तामाङले सार्वजनिक रूपमा आवाज उठाएका थिए । सत्ता पक्षमै रहँदा सरकारविरुद्ध बोल्नु अनुचित ठानी प्रधानमन्त्री ओलीले उनीप्रति असन्तुष्टि व्यक्त गरेका थिए ।

    गृहमन्त्री रमेश लेखकले तामाङलाई टेलिफोनमार्फत बर्खास्तको जानकारी दिएका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij