शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • शिक्षा विधेयक यथाशीघ्र पारित गर्न माओवादीको माग

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०ले विद्यालय शिक्षा विधेयक यथाशीघ्र पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    पार्टी मुख्यालय पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले आसन्न संसद् अधिवेशनको प्रारम्भमा शिक्षा ऐन पारित गरेर आन्दोलनरत शिक्षकलाई विद्यालयमा फर्काउने वातावरण बनाउन माग गरे ।

    माओवादीले लघुवित्त पीडित, सहकारी पीडित, कर्मचारी, चिकित्सकलगायत आन्दोलनरत पक्षसँग तत्काल वार्ता गरी जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

    वर्तमान सरकारको ध्यान सुशासन, भ्रष्टाचार नियन्त्रण र जनभावना सम्बोधन गर्नेतर्फ लक्षित गर्न माओवादीले सरकारसँग आग्रह गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij