कक्षा १२ काे परिक्षा सर्याे, वैशाख २१ गतेदेखि हुने

कक्षा १२ काे परिक्षा सर्याे, वैशाख २१ गतेदेखि हुने

बुधवार, बैशाख १० २०८२
बुधवार, बैशाख १० २०८२
  • कक्षा १२ काे परिक्षा सर्याे, वैशाख २१ गतेदेखि हुने

    भक्तपुर । वैशाख ११ गतेदेखि हुने भनिएको कक्षा १२ काे परिक्षा दश दिनपछि सरेको छ । तीन सातादेखि जारी शिक्षक आन्दोलनका कारण अन्तिम समयमा परीक्षा सारिएकाे हाे । 

    राष्ट्रिय परीक्षा बोर्डले ११ गतेदेखि हुने साे परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले साे निर्णय गरेको हो । 

    विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राखी, अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित भएको हाे ।  

    मंगलबार बिहान बसेकाे बोर्ड वैठकले निजामती कर्मचारी खटाएर भएपनि निर्धारित समयमा नै परीक्षा गर्ने निर्णय गरेको थियोे । अन्तिम समयमा प्रधानमन्त्रीकाे निर्देशनमा परिक्षा सारिएको बताइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij