प्रधानमन्त्रीको निर्देशनमा कक्षा १२ को परीक्षा सारिने

प्रधानमन्त्रीको निर्देशनमा कक्षा १२ को परीक्षा सारिने

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • प्रधानमन्त्रीको निर्देशनमा कक्षा १२ को परीक्षा सारिने

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा केही समयका लागि स्थगित गर्न निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा परीक्षा नियन्त्रण बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्ले सँगको भेटमा प्रधानमन्त्री ओलीले हालको जटिल परिस्थितिलाई ध्यानमा राख्दै परीक्षा सार्न आग्रह गरेका हुन् ।

    यसअघि बोर्डले भदौ ११ गतेबाट परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो र तयारी पनि सोही अनुसार भइरहेको थियो । तर, प्रधानमन्त्रीको निर्देशनपछि अब परीक्षा सार्ने विषयमा बोर्ड बैठक बसेर निर्णय गरिनेछ ।

    छिट्टै परीक्षा बोर्डले औपचारिक सूचना प्रकाशित गर्ने तयारी गरिरहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij