गभर्नर सिफारिश समितिका सदस्य भट्टराईद्वारा राजीनामा

गभर्नर सिफारिश समितिका सदस्य भट्टराईद्वारा राजीनामा

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • गभर्नर सिफारिश समितिका सदस्य भट्टराईद्वारा राजीनामा

    काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर छनोटका लागि गठित सिफारिश समितिका सदस्य एवम् पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन् ।

    गएको चैत ११ गते उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिश समिति गठन भएको थियो । समितिमा पूर्वगभर्नरका रूपमा भट्टराई र विज्ञ सदस्यका रूपमा विश्व पौडेल सदस्य रहेका थिए ।

    राष्ट्र बैंक ऐन अनुसार गभर्नरको पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नयाँ गभर्नर नियुक्त हुनुपर्छ । तर निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ गते सकिएको हो । नयाँ गभर्नर नियुक्तिमा ढिलाइ भएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij