काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले पर्सि ११ गतेदेखि हुने कक्षा १२ को परीक्षा नरोक्ने भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको बिहान बसेको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको बोर्डले जनाएको छ ।
यसअघि शिक्षक तथा कर्मचारीहरुको आन्दोलनका कारण कक्षा १२ को परीक्षा निर्धारित मितिमा हुनेमा अन्योल थियो ।
बोर्ड बैठकले सबै जिल्लाका परीक्षा समन्वय समितिमार्फत कक्षा १२ को परीक्षा केन्द्र भएका विद्यालयहरूलाई परीक्षा सञ्चालनको तयारी गर्न अनुरोध पनि गरेको छ ।