मन्त्रिपरिषद बैठक: चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मा भूमि सचिवमा सरुवा

मन्त्रिपरिषद बैठक: चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मा भूमि सचिवमा सरुवा

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • मन्त्रिपरिषद बैठक: चन्द्रकला पौडेल सचिवमा बढुवा, केदारनाथ शर्मा भूमि सचिवमा सरुवा

    काठमाडाैं । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव चन्द्रकला पौडेललाई सचिव पदमा बढुवा गरेको छ । अर्जुन पोखरेलको अवकाशपछि रिक्त रहेको पदमा पौडेललाई बढुवा गरिएको हो ।

    बढुवा समितिले वरिष्ठताको आधारमा तीनजना सहसचिव—चन्द्रकला पौडेल, शोभाकान्त पौडेल र भूपाल बरालको नाम सिफारिस गरेको थियो, जसमा मन्त्रिपरिषद्ले चन्द्रकला पौडेलको नाम अनुमोदन गर्‍यो ।

    स्याङ्जा जिल्लाकी पौडेल राजस्व प्रशासन सेवाकी क्याडर हुन् । उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा कार्यरत थिइन् र यसअघि गण्डकी प्रदेशको अर्थ सचिवको रूपमा पनि कार्य गरिसकेकी छन् ।

    त्यस्तै, मन्त्रिपरिषदले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सचिव पदमा केदारनाथ शर्मालाई सरुवा गरेको छ । कोसी प्रदेशमा प्रमुख सचिवको रूपमा कार्यरत शर्मालाई एक वर्षपछि सिंहदरबार ल्याइएको हो । बागलुङका शर्मा गण्डकी प्रदेशका पनि पूर्व सचिव हुन् ।

    यसै बैठकले प्रधानमन्त्रीको अध्यक्षतामा उच्चस्तरीय सुशासन आयोग गठन गर्ने निर्णय पनि गरेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij