शीर्षस्थानको गुजरातकाे छैटौं जित, साविक विजेता काेलकाता पराजित

शीर्षस्थानको गुजरातकाे छैटौं जित, साविक विजेता काेलकाता पराजित

मंगलवार, बैशाख ९ २०८२
मंगलवार, बैशाख ९ २०८२
  • शीर्षस्थानको गुजरातकाे छैटौं जित, साविक विजेता काेलकाता पराजित

    काठमाडौं । शीर्षस्थानको गुजरात टाइटन्सले आईपीएल क्रिकेटमा छैटौं जित निकालेको छ । सोमबार राती सम्पन्न खेलमा गुजरातले साविक विजेता कोलकाता नाइट राइडर्सलाई ३९ रनले हराएको हो । 

    कोलकातास्थित इडेन गार्डेन्स रंगशालामा गुजरातले दिएको १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ८ विकेट गुमाएर १५९ रन मात्र बनाउन सक्यो । कोलकाताका कप्तान अजिन्क्या रहानेले ५० रन बनाए । अंगकृश रघुवंशीले अविजित २७ तथा आन्द्रे रसलले २१ रन बनाए । 

    गुजरातका लागि प्रसिध कृष्णा र राशिद खानले २-२ विकेट लिए । मोहम्मद सिराज, इशान्त शर्मा, साइ किशोर र वासिङटन सुन्दरले १-१ विकेट लिए । 

    टस हारेर ब्याटिङ गरेको गुजरातले २० ओभरमा ३ विकेटकाे क्षतिमा १९८ रन बनाएको थियो । गुजरातका
    शुभमन गिलले ९० तथा साइ सुदर्शनले ५२ रन बनाएका थिए । जस बट्लर ४१ रनमा नटआउट रहे । 

    कोलकाताका आन्द्रे रसल, वैभव अरोरा र हर्षित रानाले समनन १ विकेट लिए । जितपछि शीर्षस्थानको गुजरातको ८ खेलमा १२ अंक भएको छ । समान खेलमा ६ अंक मात्र भएको कोलकाता सातौंमा रहेको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij