काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

सोमवार, बैशाख ८ २०८२
सोमवार, बैशाख ८ २०८२
  • काठमाडौं उपत्यका विकास प्राधिकरणका अमिनविरुद्ध ३ करोड २९ लाखको भ्रष्टाचार मुद्दा

    काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौंअन्तर्गत बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिनका रूपमा करार पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

    आयोगले प्राप्त उजुरीका आधारमा यादवको २०६३ साल भदौ ८ गतेदेखि २०८१ साल असार ३० गतेसम्मको सम्पत्ति र आय–व्ययको अनुसन्धान गर्दा वैध आम्दानीको तुलनामा ३ करोड २९ लाख ४५ हजार ७ सय २ रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपत्र दायर गरेको हो ।

    यादवले १८ वर्षकाे अवधिमा ५ कराेड ७१ लाख ६६ हजार ३ रुपैयाँ ५१ पैसा आम्दानी गरेकाे देखिएकाेमा २ कराेड ४२ लाख २० हजार ३ सय १ रुपैयाँ ३० रुपैयाँ मात्र वैध देखिएकाे अख्तियारकाे आराेप पत्रमा उल्लेख छ ।

    यादवविरुद्ध भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) अनुसारको कसूरमा दोषी ठहर गर्दै दफा २०(२) बमोजिम सजाय माग गरिएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij