काठमाडौं । सर्वोच्च अदालतले अहिले प्रहरी थुनामा रहेका चार जना भुटानी शरणार्थीलाई वैशाख ११ गते अदालतमा उपस्थित गराउन अन्तरिम आदेश दिएको छ ।
२० दिनदेखि झापामा प्रहरीको थुनामा रहेका भुटानी शरणार्थीहरूलाई थुनामुक्त गर्न माग गर्दै शरणार्थी नारायणकुमार सुवेदीले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो । सर्वोच्चले उनीहरूलाई ११ गतेसम्म देश निकाला नगर्न पनि भनेको छ ।
गएकाे चैत १५ गते अमेरिकाले डिपोर्ट गरेर भुटान पुर्याइएका १२ जना शरणार्थीलाई भुटानले नेपालतिरै पठाइदिएको थियो । कागजात खोसेर भुटानले नेपाल पठाएका उनीहरू अवैध रूपमा नेपाल प्रवेश गरेको अभियोगमा थुनामा छन् ।