नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला

नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • नारायणी नदीमा बेपत्ता दुई बालकको शव फेला

    मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व) को मध्यविन्दु नगरपालिका–१५ स्थित नारायणी नदी किनारबाट बेपत्ता भएका दुई बालकको शव फेला परेको छ । साथीहरूसँग मङ्गलबार नारायणी नदीमा पौडी खेल्न गएका दुई  बालक डुबेर बेपत्ता भएका थिए । बेपत्तामध्ये एक जनाको बुधबार शव भेटिएको थियो भने अर्का एक जनाको आज भेटिएको हो । 

    मध्यविन्दु नगरपालिका–१२ बस्ने १५ वर्षीय विजय पौडेलको शव आज नारायणी नदीमा भेटिएको प्रहरी नायब उपरीक्षक मधु नेपालीले बताए । मध्यविन्दु नगरपालिका–१२ बस्ने १३ वर्षीय प्रज्वल पौडेलको शव बुधबार दिउँसो नदीमा भेटिएको थियो ।  

    पाँच जना बालक नारायणी नदी किनारमा ‘ड्राइ पिकनिक’ जाने  भनी गएकामा दुई जना पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।  मृतक बालकहरु दाजु भाइका छोराहरू भएको प्रहरीले जनाएको छ ।
     
    दुवै बालकको शव पोस्टमार्टमका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको प्रहरी नायव उपरीक्षक नेपालीले जानकारी दिए । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij