काठमाडौं । काठमाडौं उपत्यकामा फेरि पनि प्रदूषण बढ्न सुरु भएको छ । निकै समय प्रदूषित भएर वर्षाका कारण घटेको काठमाडौंको वायु प्रदूषण फेरि बढ्न लागेको हो ।
पछिल्लो रेकर्डअनुसार काठमाडौं विश्वकै सबैभन्दा धेरै प्रदूषित सहरको दोस्रो स्थानमा रहेको छ ।
वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यु एयरका अनुसार काठमाडौंको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १६१ छ ।
पहिलो स्थानमा पाकिस्तानको लाहोर सहर रहेको छ । लाहोरको वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) १५२ रहेको छ । जसलाई मानव स्वास्थ्यका हिसाबले अस्वस्थकर मानिन्छ ।
नेपाल सरकारबाट स्वीकृत वायु गुणस्तर सूचकांकअनुसार ०–५० हुँदा राम्रो, ५१–१०० हुँदा मध्यम, १०१–१५० हुँदा संवेदनशील समूहका लागि अस्वस्थ, १५१–२०० अस्वस्थ, २०१–३०० निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत मानिन्छ ।