काठमाडौं । नेपाली बजारमा सुनको भाउ दैनिकजसो उछाल आउन थालेको छ । आज पनि सुनको भाउले नयाँ कीर्तिमान कायम गरेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३६०० रुपैयाँले बढेको छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख ९० हजार ६०० रुपैयाँ कायम भएको छ । यो भाउ हालसम्मकै उच्च हो ।
अघिल्लो दिन छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, बिहीबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ । अघिल्लो दिन तोलामा १९५५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य ५ रुपैयाँले बढेर बिहीबार १९६० रुपैयाँ तोकिएको छ।