मकवानपुरमा बस दुर्घटना, १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

मकवानपुरमा बस दुर्घटना, १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

बिहिवार, बैशाख ४ २०८२
बिहिवार, बैशाख ४ २०८२
  • मकवानपुरमा बस दुर्घटना, १६ जना घाइते, गुडिरहेको कारमा आगलागी

    काठमाडौं । पूर्व पश्चिम राजमार्गअन्तर्गत मकवानपुरमा आज बिहान यात्रु बस दुर्घट्ना हुंदा १६ यात्रु घाइते भएका छन्। मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा बिहीबार बिहान इटहरीबाट भैरहवा जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना हुंदा बसमा सवार १६ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । 

     जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार, घाइतेलाई उद्धार गरी उपचारका लागि चितवनका अस्पतालतर्फ पठाइएको छ । बस चालक बाराको कोल्बी नगरपालिका–११ का २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जिल्लाका प्रहरी प्रवक्ता श्यामु अर्यालले बताए ।  

    यसैबीच कुलेखानी–भीमफेदी–काठमाडौं सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको कारमा आगलागी भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय जीज १२ डीए ९६१८ नम्बरको कारमा आगलागी भएको हो । आगोबाट गाडी पूर्णरूपमा जलेको र कामा सवार सबै सुरक्षित रहेको प्रहरीले जनाएको छ। 

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij