काठमाडौं । दिल्ली क्यापिटल्स सुपर ओभरमा जित निकाल्दै आईपीएल क्रिकेटकाे शिर्ष स्थानमा उक्लिएकाे छ । यस सिजन पहिलाे सुपर ओभरमा भाग्यमानी सावित हुँदै दिल्लीले राश्थानलाई पराजित गरेको हाे ।
सुपर ओभरमा राजस्थानले दिएको १२ रनको लक्ष्य दिल्लीले ४ बलमै पूरा गर्यो । दिल्लीका लागि ट्रिस्टन स्टब्सले विजयी छक्का प्रहार गरे ।
त्यसअघि २० ओभरको खेलमा दिल्लीले दिएको १८९ रनको लक्ष्य पछ्याएको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १८८ रन बनाएपछि खेल बराबरी भएको थियाे । राजस्थानका यशस्वी जैसवाल र नितिश रानाले अर्धशतक बनाउँदै समान ५१ रन बनाए ।
कप्तान सन्जु सामसनले ३१ रन बनाउँदा ध्रुव जुरेलले २६ रन जाेडे । अन्तिम ओभरमा हितका लागि ९ रन आवश्यक हुँदा मिचेल स्टार्कले ८ रन मात्र दिए ।
अन्तिम बलमा २ रन चाहिँदा जुरेल रनआउट भएका थिए । मिचेल स्टार्क, अक्षर पटेल र कुलदीप यादवले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको दिल्लीले २० ओभरमा ५ विकेट गुमाएर १८८ रन बनाएको थियो । अभिषेक पोरेलले सर्वाधिक ४९ रन बनाए भने केएल राहुलले ३८ तथा कप्तान अक्षर पटेल र ट्रिस्टन स्टब्सले समान ३४ रन बनाए ।
राजस्थानका जोफ्रा आर्चरले २ विकेट लिँदा महीश थिक्साना र वानिन्दु हसरंगाले १-१ विकेट लिए । जितसँगै ६ खेलमा पाँचौं जित निकालेको दिल्ली १० अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । ७ खेलमा ४ अंक भएको राजस्थान आठौं स्थानमा यथावत् छ ।