सरकारद्वारा संसद् अधिवेशन आह्वानका लागि सिफारिस, शिक्षकका माग सम्बोधन हुने

सरकारद्वारा संसद् अधिवेशन आह्वानका लागि सिफारिस, शिक्षकका माग सम्बोधन हुने

बुधवार, बैशाख ३ २०८२
बुधवार, बैशाख ३ २०८२
  • सरकारद्वारा संसद् अधिवेशन आह्वानका लागि सिफारिस, शिक्षकका माग सम्बोधन हुने

    काठमाडाैं । सरकारले संघीय संसद्को अधिवेशन १२ वैशाख शुक्रबार दिउँसो १ बजेका लागि आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    शिक्षक आन्दोलनलाई ध्यानमा राख्दै सरकारले शिक्षा विधेयक अघि बढाउने तयारी गरेको छ । आन्दोलनरत शिक्षकहरूले शिक्षा ऐन पारित गर्न विशेष वा बजेट अधिवेशन बोलाउन माग गर्दै आएका थिए ।

    सरकारले शिक्षकका माग सम्बोधन गर्न प्रतिबद्ध रहेको बताउँदै आन्दोलन स्थगन गरी विद्यालय फर्कन आग्रह गरेको छ । 

    सरकारले संसद्मा विचाराधीन शिक्षा विधेयक चाँडो पारित गर्ने उद्देश्यले अधिवेशन आह्वान गरिएको स्पष्ट पारेको छ । विधेयक पारित गर्न आवश्यक समन्वय र सहजीकरण गरिने जनाइएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij