आजदेखि सशस्त्र एआईजी गौतम अवकाशमा जाँदै

आजदेखि सशस्त्र एआईजी गौतम अवकाशमा जाँदै

मंगलवार, बैशाख २ २०८२
मंगलवार, बैशाख २ २०८२
  • आजदेखि सशस्त्र एआईजी गौतम अवकाशमा जाँदै

    काठमाडौँ । सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश (सिपी)गौतम आज रातिदेखि अनिवार्य अवकाशमा जाँदैछन् ।

    सशस्त्र प्रहरी नियमावलीमा उल्लेख भएको ३० वर्षे सेवा अवधिका कारण उनी मंगलबार राति १२ बजेदेखि अनिवार्य अवकाशमा जान लागेका हुन् । अवकाशमा जान लागेका गौतमको आजै दिउँसो ३ बजे सशस्त्र प्रहरी हेडक्वाटरले बिदाइ समेत गर्दैछन् ।

    उनी पछिल्लो समय सीमा सुरक्षा विभागको प्रमुखको रूपमा कार्यरत थिए । २०५२ वैशाख ३ मा उनी नेपाल आर्मीमा भर्ना भएका थिए । सशस्त्र प्रहरी गठन हुने भएपछि उनी २०५८ सालमा सशस्त्र प्रहरीमा स्थानान्तरण भएर आएका थिए ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij