जिल्ला अदालतको आदेश बदर गर्दै उच्चले सफाइ दिएपछि थुनामुक्त भए न्यायाधीश गिरी

जिल्ला अदालतको आदेश बदर गर्दै उच्चले सफाइ दिएपछि थुनामुक्त भए न्यायाधीश गिरी

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • जिल्ला अदालतको आदेश बदर गर्दै उच्चले सफाइ दिएपछि थुनामुक्त भए न्यायाधीश गिरी

    काठमाडौं । जिल्ला अदालत काठमाडौंको फैसला बदर गर्दै उच्च अदालत पाटनले करणी मुद्दामा सफाइ दिएपछि न्यायाधीश भुवन गिरी जेलमुक्त भएका छन् ।

    श्रीमतीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश दुर्गाप्रसाद भुसालको इजलासले गत जेठ २९ गते सात वर्ष कैद र तीन लाख रुपैयाँ जरिवाना तिराउन फैसला गरेको थियो ।

    उक्त फैसलाविरुद्ध परेको पुनरावेदनमा आइतबार उच्च अदालतका न्यायाधीशहरू लालबहादुर कुँवर र डिल्लीरत्न श्रेष्ठको इजलासले उल्ट्याएको हो ।

    अदालतको आदेश औपचारिक रुपमा पाएपछि निलम्बित न्यायाधीश गिरी सोमबार बिहान कारागार कार्यालय डिल्लीबजारबाट छुटेका हुन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij