२०८२ सालमा कैले–कैले छ सार्वजनिक बिदा ?

२०८२ सालमा कैले–कैले छ सार्वजनिक बिदा ?

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • २०८२ सालमा कैले–कैले छ सार्वजनिक बिदा ?

    काठमाडौं । २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा रहेको छ । नेपाल राजपत्रमा प्रकाशित सूचनामा ८८ दिन सार्वजनिक बिदा पर्ने जानकारी गराइएको छ ।

    यो वर्ष ५२ वटा शनिवार परेका छन् । ३६ दिन विभिन्न चाडपर्व एवं दिवसका बिदा दिने निर्णय भएको छ । 

    दशैंमा ७ दिन र तिहारमा ५ दिन बिदा दिइएको छ । यी बाहेकका अन्य पर्वहरूको बिदा २८ दिन छ । 

    अन्तर्राष्ट्रिय मजदुर दिवस, गणतन्त्र दिवस, संविधान दिवस, शहीद दिवस, प्रजातन्त्र दिवस र अन्तर्राष्ट्रिय महिला दिवस गरी ६ दिन देशभर सार्वजनिक बिदा दिने निर्णय सरकारको छ । 

    स्थानीय पालिकाले स्थानीय चाडपर्वका लागि थप बिदा दिनसक्ने जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij