नगरकोट भ्रमण वर्ष २०८२ आजदेखि सुरु हुँदै, हिजैदेखि पर्यटक भरिभराउ

नगरकोट भ्रमण वर्ष २०८२ आजदेखि सुरु हुँदै, हिजैदेखि पर्यटक भरिभराउ

सोमवार, बैशाख १ २०८२
सोमवार, बैशाख १ २०८२
  • नगरकोट भ्रमण वर्ष २०८२ आजदेखि सुरु हुँदै, हिजैदेखि पर्यटक भरिभराउ

    सुरुआत र उद्घाटन कार्यक्रमः
    मिति : २०८२ साल वैशाख १ गते (आज)

    स्थानः बतासे डाँडा, नगरकोट

    मुख्य अतिथिः राष्ट्रपति रामचन्द्र पौडेल

    विशिष्ट अतिथिः
    पर्यटन मन्त्री बद्री पाण्डे
    मुख्यमन्त्री बहादुर सिंह लामा (बागमती प्रदेश)

    भ्रमण बर्ष विज्ञ
    डा. घनश्याम खतिवडा 

    समारोहमाः
    खानाका स्टल
    कृषि सामग्री प्रदर्शनी
    गुरुङ संग्रहालय
    सांस्कृतिक झाँकी प्रदर्शन

    आयोजकहरूः
    मुख्य संयोजकः चाँगुनारायण नगरपालिका

    संयुक्त आयोजकहरूः
    मण्डनदेउपुर नगरपालिका
    बनेपा नगरपालिका 
    शंखरापुर नगरपालिका


    प्रवद्र्धक निकायहरूः
    बागमती प्रदेश सरकार
    नेपाल पर्यटन बोर्ड (NTB)

    उद्देश्य र लक्ष्यः
    क. १० लाख आन्तरिक र १ लाख अन्तर्राष्ट्रिय पर्यटक नगरकोटमा भित्राउने ।
    ख. स्थानीय संस्कृति, प्रकृति, इतिहास, परिकार र उत्पादनलाई प्रचार गर्ने ।
    ग.पर्यटक बसाइ लम्ब्याउने, नयाँ गन्तव्यहरू जोड्ने ।

    होमस्टे विस्तार
    क. जातजाति, भेषभूषा, संस्कृति उजागर
    ख. विभिन्न स्थानीय कार्यक्रम र उत्सव

    स्थानीय सहभागिता र गतिविधिहरूः
    क. चारै नगरपालिका आ–आफ्नो क्षेत्र अनुसार छुट्टाछुट्टै कार्यक्रम आयोजना गर्ने ।
    ख. पर्यटकलाई स्थानीय परिकार चखाउने, अन्य पर्यटकीय स्थलहरूमा डुलाउने ।
    ग. होमस्टे, होटलहरू भरिन थालेका छन् – विशेषगरी नयाँ वर्ष र भ्रमण वर्षको अवसरमा ।

    समग्र लक्ष्यः
    क. नगरकोटको स्थानीय सम्पदा र पर्यटनको एकीकरण ।
    ख. स्थायी पर्यटन विकास मार्फत स्थानीय आर्थिक सशक्तीकरण ।
    ग. नगरकोटलाई देशकै प्रमुख पर्यटकीय गन्तव्य बनाउने ।

    भक्तपुर । ​नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रवर्द्धन गर्ने उद्देश्यले ‘नगरकोट भ्रमण वर्ष’ आजदेखि सुरु हुँदैछ । भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौं जिल्लाका चार नगरपालिकाको संयुक्त आयोजनामा भ्रमण वर्ष सुरु गर्न लागिएको हो । 

    चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीका अनुसार, नगरकोटको बतासे डाँडामा अपरान्ह एक वजे आयोजना हुने उद्घाटन राष्ट्रपति रामचन्द्र पाैडेलले गर्नेछन् । समारोहमा पर्यटन मन्त्री  बद्री पाण्डे, बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा लगायतका बिशिस्ट अतिथिकाे उपस्थिति रहने छ । 

    १० लाख आन्तरिक र बाहिय एक लाख पर्यटक ल्याउने उदेश्यसहित चाँगुनारायण नगरपालिकाकाे बर्तमान नेतृत्वको पहिलाे वैठकले भ्रमण वर्ष मनाउने निर्णय गरेको थियाे । पछि अन्य नगरपालिकासंग समन्वय गरेर भ्रमण बर्षलाई संयुक्त रूपमा मनाउने सहमति भएको चाँगुनारायण नगरपालिकाका उप प्रमुख रमेश बुढाथोकीले बताए । 

    उप प्रमुख बुढाथोकीका अनुसार, भ्रमण बर्षमा आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षित गर्ने लक्ष्य लिइएको छ । यस अभियानमा बागमती प्रदेश सरकार र नेपाल पर्यटन बोर्ड प्रवर्द्धकको रूपमा रहेका छन् । 

    No description available.

    भ्रमण बर्षका बिज्ञ घनश्याम खतिवडाका अनुसार, कार्यक्रम सफल बनाउन मूल आयोजक समिति र विभिन्न उपसमितिहरू गठन गरिएका छन् । त्यसै क्रममा होमस्टे विस्तार, जातजाति, भेषभूषा, सांस्कृतिक कार्यक्रम र स्थानीय विशेषता उजागर गर्ने योजना अघि सारिएको छ ।

    उद्घाटन समारोहमा खानाका स्टल, कृषि सामग्री, गुरुङ समुदायको संग्रहालय र विभिन्न सांस्कृतिक झाँकी प्रदर्शन गरिने जनाइएको छ । भ्रमण वर्षको क्रममा चारै नगरपालिका आ–आफ्नो क्षेत्र अनुसार छुट्टाछुट्टै कार्यक्रम समेत गर्ने छन् । 

    No description available.

    नगरकोटबाट आउने पर्यटकलाई अन्य पर्यटकीय स्थल डुलाउने, स्थानीय परिकार चखाउने र बसाइ लम्ब्याउने प्रयास समेत भ्रमण बर्षले गर्ने उप प्रमुख बुढाथोकीले बताए । यसैबीच नयाँ बर्ष र भ्रमण बर्षका अवसरमा नगरकनेटमा पर्यटककाे चहलपहल बढेको छ । 

    आइतबार नगरकाेटका सबै हाेटल पाहुनाहरूले भरिएको चाँगुनारायण -६ का वडाअध्यक्ष धनबहादुर लामाले बताए । 

    भ्रमण बर्षले स्थानीय सम्पदालाई पर्यटनसँग जोड्दै नगरकोटको समग्र विकास गर्ने लक्ष्य लिएको नगर प्रमुख खत्रीको भनाइ छ ।

    changu.jpg

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij