सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • सर्वोच्चले माग्यो रविलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन

    काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन माग गरेको छ । न्यायाधीश टेकप्रसाद ढुङ्गानाको एकल इजलासले सो आदेश दिएको हो ।

    यही चैत २२ गते उच्च अदालत तुलसीपुरले लामिछानेलाई थुनामा पठाउन आदेश गरेको थियो । उक्त आदेशपछि चैत २२ गते नै प्रहरीको नियन्त्रणमा पुगेका उनी हाल पुर्पक्षका लागि थुनामा छन् ।

    २९ चैतमा लामिछानेले आफूलाई थुनामा पठाउने आदेश खारेजीको माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गरेका थिए । उनका तर्फबाट श्रीमती निकिताले निवेदन दर्ता गराएकी थिइन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij