सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ आजको कारोबार ?

सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ आजको कारोबार ?

आइतवार, चैत्र ३१ २०८१
आइतवार, चैत्र ३१ २०८१
  • सुनको मूल्यमा आजपनि नयाँ रेकर्ड, कतिमा हुँदैछ आजको कारोबार ?

    काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ हजार रुपैयाँले बढेको हो । 

    योसँगै प्रतितोला छापावाल सुन १ लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो हालसम्मकै उच्च मूल्य हो । गत शुक्रबार सुन १ लाख ८५ हजार रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५५ रुपैयाँ बढेको छ । यससँगै चाँदी प्रतितोला १९ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला १९ सय ५ रुपैयाँमा किनबेच भएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij