सविन महर्जनकी छोरीलाई माध्यमिक शिक्षा निःशुल्क गर्ने सार्वजनिक घोषणा

सविन महर्जनकी छोरीलाई माध्यमिक शिक्षा निःशुल्क गर्ने सार्वजनिक घोषणा

शनिवार, चैत्र ३० २०८१
शनिवार, चैत्र ३० २०८१
  • सविन महर्जनकी छोरीलाई माध्यमिक शिक्षा निःशुल्क गर्ने सार्वजनिक घोषणा

    काठमाडौं । तीनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनकी आठ वर्षीया छोरीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने निर्णयको औपचारिक घोषणा शनिबार कीर्तिपुरमा गरिएको छ ।

    उक्त घोषणा कीर्तिपुर नगरपालिकामा आयोजित शुभकामना तथा भेटघाट कार्यक्रममा गरिएको हो, जसको प्रमुख आतिथ्यमा उपप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह थिए । कार्यक्रममा सविन महर्जनकी श्रीमती भविसा महर्जन र छोरी पनि सहभागी थिए ।

    कार्यक्रममा नेपाली कांग्रेसका कोषाध्यक्ष नेता उमेश श्रेष्ठले बच्चाको शैक्षिक जिम्मेवारी औपचारिक रूपमा लिने घोषणा गरे । श्रेष्ठले यसअघि नै भविसा महर्जनसँग टेलिफोन संवाद गरी छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कूलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने प्रतिबद्धता जनाइसकेका थिए ।

    यो सहयोग नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्रको पहलमा, मानव अधिकार आयोगकी आयुक्त लिली थापाको अनुरोधपछि सम्भव भएको हो । मिश्रले सविन महर्जनको परिवारको दयनीय अवस्थाबारे जानकारी पाएपछि नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठसँग समन्वय गरी यो कार्य अघि बढाएकी थिइन् ।

    यस मानवीय सहयोगप्रति परिवारले गहिरो कृतज्ञता व्यक्त गरेको छ । कार्यक्रममा सहभागीहरुले पनि यस्तो सकारात्मक पहलले दुःखद घटनाबाट पीडित परिवारलाई केही राहत पुर्‍याउने विश्वास व्यक्त गरे ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij