बबरमहलमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एकको मृत्यु

बबरमहलमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एकको मृत्यु

शनिवार, चैत्र ३० २०८१
शनिवार, चैत्र ३० २०८१
  • बबरमहलमा मोटरसाइकल र स्कुटर एक आपसमा ठोक्किँदा एकको मृत्यु

    काठमाडौं । काठमाडौंको बबरमहलमा मोटरसाइकल र स्कुटर ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् ।

    काठमाडौं महानगरपालिका–११ बबरमहलस्थित सडकमा प्र.२–०३–०१८ प ५८३४ नम्बरको स्कुटरलाई प्र.३–०२–०१० प ६९५४ नम्बरको मोटरसाइकलले आज ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३० वर्षीय पुरूषको मृत्यु भएको हो ।

    उनको परिचय खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते भएका उनको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो । 

    दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जना र स्कुटरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij