सविन महर्जनकी छोरीलाई कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठको पहलमा निःशुल्क शिक्षा

सविन महर्जनकी छोरीलाई कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठको पहलमा निःशुल्क शिक्षा

शनिवार, चैत्र ३० २०८१
शनिवार, चैत्र ३० २०८१
  • सविन महर्जनकी छोरीलाई कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठको पहलमा निःशुल्क शिक्षा

    काठमाडौं । नेपाल महिला संघकी अध्यक्ष उषा राउत मिश्रले मानव अधिकार आयोगकी आयुक्त लिली थापाको अनुरोधमा चैत १५ गतेको तिनकुने घटनामा ज्यान गुमाएका सविन महर्जनको परिवारलाई सहयोग पुर्‍याउने उल्लेखनीय काम गरेकी छिन् ।

    सविन महर्जनका परिवारको अवस्था अत्यन्त दयनीय रहेको सूचना प्राप्त भएपछि मिश्रले नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठसँग समन्वय गरी महर्जनकी आठ वर्षीया छोरीलाई कीर्तिपुरको ल्याबोरेटरी स्कूलमा कक्षा १२ सम्म निःशुल्क अध्ययन गराउने व्यवस्था मिलाएकी हुन् ।

    उषा राउत मिश्रका अनुसार, शुक्रबार बिहान आयुक्त लिली थापाको फोन आएपछि उनले तुरुन्त उमेश श्रेष्ठलाई सम्पर्क गरी सविन महर्जनको परिवारको अवस्थाबारे जानकारी गराएकी थिइन् । श्रेष्ठले गम्भीरताका साथ यो विषयमा चासो देखाउँदै विद्यालय प्रशासनमा सम्पर्क गरी आवश्यक प्रक्रिया अघि बढाएका थिए । साथै, कीर्तिपुर नगरपालिकाका मेयरसँग समन्वय गरेर सिफारिस पत्रसमेत तयार पारिएको छ ।

    “उहाँ (श्रेष्ठ) ले सोही दिन सविन महर्जनकी श्रीमती भविसा महर्जनसँग फोनमा कुरा गरी छोरीलाई ल्याबोरेटरी स्कूलमा कक्षा १२ सम्म निःशुल्क पढाइने कुरा आश्वासन दिनुभयो,” मिश्रले खुसी व्यक्त गर्दै भनिन्, “यो सानो प्रयासले त्यो परिवारलाई केही राहत मिल्ने आशा गरेको छु ।”

    मिश्रले नेपाली कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठ र मानव अधिकार आयोगकी आयुक्त लिली थापाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता मानवीय कार्यमा निरन्तर लागिरहने प्रतिबद्धता जनाएकी छन् ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij