कर्णालीमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद तेस्रोपटक स्थगित

कर्णालीमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद तेस्रोपटक स्थगित

शनिवार, चैत्र ३० २०८१
शनिवार, चैत्र ३० २०८१
  • कर्णालीमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद तेस्रोपटक स्थगित

    काठमाडौं । कर्णालीमा हुने भनिएको १०औं राष्ट्रिय खेलकुद फेरि स्थगित भएको छ । राष्ट्रिय खेलकुद परिषद्को शुक्रबार बसेको १२२औं बोर्ड बैठकले १०औं राष्ट्रिय खेलकुद स्थगित गर्ने निर्णय गरेको हो । 

    आउँदो जेठ ३ देखि १० गतेसम्म कर्णाली प्रदेशको राजधानी सुर्खेतमा हुने भनिएको थियाे । यसअघि साे प्रतियोगिताको मिति दुई पटक सरिसकेकाे थियाे । 

    गण्डकी प्रदेशमा २०७९ मा सम्पन्न नवौँ राष्ट्रिय खेलकुदबाट २०८१ असोजमा कर्णाली प्रदेशमा १०औं राष्ट्रिय खेलकुद गर्ने निर्णय भएको थियो । तर, तयारी नपुगेको भन्दै चैत २३ देखि ३० गतेसम्मका लागि मिति सारिएको थियो । 

    साे समयमा पनि प्रतियोगिता हुन नसकेपछि पुनः जेठ ३ गतेदेखि १० गतेसम्म गर्ने निर्णय भएको थियो । तर, पछिल्लो समयमा पनि राष्ट्रिय खेलकुद गर्न नसकिने भन्दै बोर्ड बैठकले खेल स्थगित गरेको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij