एक वर्षमा आयल निगमको नाफा मात्रै साढे ९ अर्ब भन्दा बढी

एक वर्षमा आयल निगमको नाफा मात्रै साढे ९ अर्ब भन्दा बढी

शनिवार, चैत्र ३० २०८१
शनिवार, चैत्र ३० २०८१
  • एक वर्षमा आयल निगमको नाफा मात्रै साढे ९ अर्ब भन्दा बढी

    काठमाडौं । नेपाल आयल निगमले गत आर्थिक वर्ष २०८०/८१ मा नौ अर्ब ५५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ । निगमको शुक्रबार आयोजित ४३औँ वार्षिक साधारणसभामा सो जानकारी दिइएको हो ।
     
    निगमले गत आवमा तीन खर्ब ५६ अर्ब ७२ करोड रुपैयाँ बराबर रकमको पेट्रोलियम पदार्थ आयात गरेकामा तीन खर्ब ६४ अर्ब ५२ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ बिक्री गरेको थियो ।
     
    निगमले अघिल्लो आर्थिक वर्ष २०७९/८० मा तीन खर्ब ८३ अर्ब रुपैयाँको पेट्रोलियम पदार्थ बिक्री गरेको जनाएको छ । पेट्रोलियम पदार्थको आयात र बिक्रीवितरणमा एकाधिकार रहेको निगमले मुलुकभर पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज बनाउँदै आइरहेको छ ।

     

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij