गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • गण्डकी विश्वविद्यालयको कुलपतिमा तिवारी नियुक्त

    काठमाडौं । गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । कुलपति सिफारिस समितिले गत चैत २१ गते तीन जनाको नाम सिफारिस गरेकामा मुख्यमन्त्री पाण्डेले शुक्रबार तिवारीलाई नियुक्त गरेका हुन् । 

    छनोट समितिमा संयोजक प्राडा कैलाशनाथ प्याकुरेलसहित सदस्यद्वय प्रदेश लोकसेवा आयोग सदस्य कल्पना लम्साल र न्यासिक परिषद् सदस्य डा यमुना घले थिए । कुलपतिका लागि तिवारीसहित प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम सिफारिस गरिएको थियो ।

    पोखरा महानगरपालिका–३१ का तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्वडीन हुन् । नेपालको पहिलो प्रदेश विश्वविद्यालयका रूपमा गण्डकी विश्वविद्यालय रहेको छ । यसले गण्डकी विश्वविद्यालय ऐन, २०७६ गण्डकी प्रदेशसभाबाट २०७६ असोज २७ मा पारित भएसँगै विश्वविद्यालयको मान्यता पाएको थियो । 

    विश्वविद्यालयमा हाल खेलकुद व्यवस्थापनमा स्नातक बीएसएम, बीफार्म, बीबीए), बिएएललबी र एमआइटी एआई विषयहरूको अध्ययनअध्यापन हुँदै आएको छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij