दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अनुमति

शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • दुर्गा प्रसाईँलाई १२ दिन हिरासतमा राख्न अनुमति

    काठमाडौँ । तीनकुने घटनाका मुख्य कमाण्डर दुर्गा प्रसाईँलाई १२ दिन हिरासत राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

    काठमाडौँ जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासले उनलाई १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रसाईँसँगै पक्राउ परेका उनका बडीगार्ड दीपक खड्कालाई पनि प्रहरीले १२ दिनकै म्याद मागेको छ ।

    प्रसाईँलाई प्रहरीले कम्तीमा १२ दिन हिरासतमा राखेर अनुसन्धान गर्नका लागि माग गरेको थियो । सोही अनुसार ढकालको इजलासले म्याद थपको अनुमति दिएको हो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij