दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी

दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी

शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने तयारी

    काठमाडौं । तीनकुनेको प्रदर्शनस्थलबाट फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भारतबाट नेपाल ल्याइएको छ ।

    उनलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट आज बिहान झापा ल्याइएको छ । अब प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै ११ बजे काठमाडौं ल्याइने प्रहरी स्रोतले जनाएको छ ।

    प्रसाईंलाई ल्याइएपछि झापाको काँकडभिट्टा नाकामा उनका समर्थकहरू भेला भएका थिए । काँकडभिट्टामा उनका समर्थहरूले अवरोध गर्ने सुरक्षा विश्लेषणको आधारमा नाका परिवर्तन गरेर उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याउने प्रहरीको तयारी रहेको बुझिएको छ ।

    प्रसाईंले भारतको आसाम राज्यको प्रहरीसमक्ष आत्मसमर्पण गरेको उनको सचिवालयले बिहीबार जनाएको थियो ।

    तर नेपाल प्रहरीले भने मेडिकल व्यवसायीसमेत रहेका प्रसाईं पक्राउ परेको विषयको खण्डन गर्दै उनी खोजीको सूचीमा रहेको जनाएको थियो ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij