दिल्लीकाे अपराजित यात्रा कायमै, बेंगलुरु पराजित

दिल्लीकाे अपराजित यात्रा कायमै, बेंगलुरु पराजित

शुक्रवार, चैत्र २९ २०८१
शुक्रवार, चैत्र २९ २०८१
  • दिल्लीकाे अपराजित यात्रा कायमै, बेंगलुरु पराजित

    काठमाडौं । दिल्ली क्यापिटल्सले आईपीएल क्रिकेटमा अपराजित यात्रा कायमै राखेको छ । केएल राहुल र ट्रिस्टन स्टब्सले शतकीय साझेदारी बनाएपछि दिल्लीले बेंगलुरुलाई छ विकेटले पराजित गरेको हाे । 

    बेंगलुरुले दिएको १६४ रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्‍यो । दिल्लीकाे जितमा केएल राहुल नायक बने । उनले अविजित ९३ रनको पारी खेले । 

    ट्रिस्टन स्टब्सले अविजित ३८ रन बनाए । ५८ रनमा ४ विकेट गुमेपछि राहुल र स्टब्स मिलेर १११ रनको शतकीय साझेदारी दिल्लीलाई जित दिलाएका थिए  । 

    बेंगलुरुका भुवनेश्वर कुमारले २ विकेट लिँए । यश दयाल र सुयाश शर्माले समान १ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेंगलुरुले २० ओभरमा ७ विकेट गुमाएर १६३ रन बनाएको थियो । 

    बेंगलुरुका फिल साल्टले सर्वाधिक ३७ तथा टिम डेभिडले अविजित ३७ रन बनाए । कप्तान रजत पाटिदारले २५ तथा विराट कोहलीले २२ रन बनाए । 

    ३ ओभरमै ५० रन जाेड्न सफल बेंगलुरुले त्यसपछि लय गुमाउन पुगेको थियाे ।  दिल्लीका विपराज निगम र कूलदीप यादवले २-२ तथा मुकेश कुमार र मोहित शर्माले १-१ विकेट लिए । 

    दिल्ली याे संस्करणमा हालसम्म अपराजित रहने एकमात्र टिम हो । जितसँगै ४ खेलबाट ८ अंक बनाएको  दिल्ली अंकतालिकामा दोस्रो स्थानमा यथावत् छ । ५ खेलमा ६ अंक भएको बेंगलुरु तेस्रो स्थानमा यथावत् छ ।

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij