काठमाडौं । प्राविधिक प्रहरी समूहअन्तर्गत सञ्चार शाखामा कार्यरत ५२ जना प्रहरी वरिष्ठ हवल्दारहरूको सरुवा गरिएको छ । नेपाल प्रहरीले बिहीबार सूची सार्वजनिक गर्दै सरूवा गरिएकाे जानकारी गराएकाे हाे ।
"आवश्यकताअनुसार सरुवा गर्नु परेकाले, २०८२ सालको बैशाख महिनादेखिको तलब तथा भत्ता अब सरुवा गरिएको नयाँ दरबन्दीअनुसार प्राप्त गर्ने गरी, प्राविधिक समूह अन्तर्गत ईन्जिनियरिङ उपसमूहका संचार शाखामा कार्यरत निम्नानुसारका प्रहरी वरिष्ठ हवल्दारहरूको सरुवा गरिएको छ ।" सूचनामा भनिएको छ ।



