नेपाल बारको अध्यक्षमा विजयप्रसाद मिश्र, महासचिवमा केदारप्रसाद कोइराला विजयी

नेपाल बारको अध्यक्षमा विजयप्रसाद मिश्र, महासचिवमा केदारप्रसाद कोइराला विजयी

बिहिवार, चैत्र २८ २०८१
बिहिवार, चैत्र २८ २०८१
  • नेपाल बारको अध्यक्षमा विजयप्रसाद मिश्र, महासचिवमा केदारप्रसाद कोइराला विजयी

    काठमाडौं । नेपाल बार एशोसिएसनको अध्यक्षमा कांग्रेस–एमाले गठबन्धनका उम्मेदवार वरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्र विजयी भएका छन् । 

    मिश्रले ५ हजार ५२ मत ल्याएर विजयी हुँदा माओवादीलगायतका दलहरुको समर्थनमा उम्मेदवारी दिएका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले २ हजार ६ सय २१ मत मात्रै पाए ।

    महासचिवमा पनि कांग्रेस–एमाले गठबन्धनकै वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइराला ४ हजार ८ सय ७४ मतका साथ विजयी भए भने अर्को गठबन्धनका उम्मेदवार यज्ञमणि न्यौपानेले २ हजार ३ सय ६७ मत पाए ।

    अन्य सबै पदाधिकारीमा कांग्रेस–एमाले गठबन्धनकै उम्मेदवार भारी मतान्तरका साथ निर्वाचित भएका छन् ।

    कोशी प्रदेशबाट उपाध्यक्षमा पदमप्रसाद लिम्बु, मधेशबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भूपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवसकुमार बस्नेत, सुदूरपश्चिमबाट सिद्धराज ओझा र महिला खुला उपाध्यक्षमा सरस्वति श्रेष्ठ निर्वाचित भएकी छन् ।

    कोषाध्यक्षमा जगतबहादुर कार्की निर्वाचित भएको जनाइएको छ । 

    लोकप्रीय
    थप समाचार

    © 2026 All right reserved to doleshwornews.com  | Site By : Sobij